मोहनमाया भण्डारी

महिला, ४२ बर्ष
१६,०३८ मत विजयी
उम्मेदवारी : मेयर

२८ वैशाख, सुर्खेत । मोहनमाया ढकालले अरू नेताहरू झैं मेयरको टिकटका लागि दौडधुप गर्नु परेन । तर जसै टिकट पाइन्, उनको दौडधुपको ग्राफ निकै बढ्यो । बहुसंख्यक नेता–कार्यकर्ताको रोजाइमा उम्मेदवार बनेकी ढकाल अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छिन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले हालकी उपमेयर मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ ।२७ चैत २०३६ मा वीरेन्द्रनगर–१६, गर्पन मेहेलीमा जन्मिएकी ढकाल हाल वीरेन्द्रनगर–८ की स्थायी बासिन्दा हुन् ।

२०५६ सालमा शिक्षा क्याम्पस सुर्खेतको अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी ढकाल हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य छिन् ।

२०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा १६औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आबद्ध भइन् ।

२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व चलाइन् । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज छिन् ।

सुर्खेतको राजनीतिक वृत्तमा ढकाल इमानदार, निष्कलंक र साहसिक नेताका रूपमा परिचित छिन् । पाँच वर्षसम्म उपप्रमुखको पद सम्हालेको र स्थानीय तह बुझ्ने मौका पाएकाले मेयरमा उम्मेदवारी दिएको ढकाल बताउँछिन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर ढकालले उपप्रमुखमा निर्वाचित भएसँगै कानुनमा स्नातक गरेकी छिन् । अध्ययन र क्षमताको बलमा उनी कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्ने उपप्रमुख दरिइन् ।

ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ र माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६८९ मत प्राप्त गरेकी थिइन् ।

सुर्खेतमा एमाले विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । गठबन्धन नै ढकालका लागि सबभन्दा ठूलो प्रतिकूलता बनेको देखिन्छ । यसबाहेक राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीले पनि ढकालको मत काट्ने अनुमान छ ।

आफू महिला भएकै कारण भन्दा पनि क्षमताकै आधारमा मेयरमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]