पशुपति दयाल मिश्रा

पुरुष, ६१ बर्ष
११,६७५ मत
उम्मेदवारी : मेयर
नेपालगंज उपमहानगरपालिका, लुम्बिनी प्रदेश

पशुपति दयाल मिश्र, नेकपा एमाले

पशुपति दयाल मिश्र नेपालगञ्जका लागि नयाँ नाम होइन । झण्डै दुई दशकदेखि नेपालगञ्जमा राजनीतिक सामाजिक काममा सक्रिय रहँदै आएका उनै मिश्र नेपालगञ्जको मेयर पदका लागि निर्वाचनमा होमिएका छन् ।

शालिन र भ्रद स्वभावका मिश्रको जन्म तत्कालीन हिरमिनिया गाविसमा भएको हो । हिरमिनिया हाल डुडुवा गाउँपालिका वडा नं. ६ बनेको छ । मिश्र अहिले नेपालगञ्ज-४, गणेशपुरमा बसोबास गर्दै आएका छन् ।

मिश्रको राजनीति नेपाली कांग्रेसबाट शुरु भएको हो । २०५४ सालतिरै उनले कांग्रेसको राजनीति गरिरहँदा तत्कालीन हिरमिनिया गाविसको अध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमै गाविस महासंघको अध्यक्षको जिम्मेवारी समेत पूरा गरेका थिए ।

कांगे्रसमा टिकट विवादका कारण २०५६ सालको निर्वाचपछि केही समय उनी स्वतन्त्र बसे । उनी लगत्तै राप्रपा प्रवेश गरेर उनी जिविस सभापतिमा विजयी भए ।

मिश्र जिविसको नेतृत्वमा रहँदा उनले गरेका कामहरु सम्झाउँदै यो स्थानीय चुनावमा मत मागिरहेका छन् । २०६२⁄२०६३ को जनअन्दोलन पश्चात व्यवस्था परिवर्तनपछि मिश्र तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यदेखि केन्द्रीय सह-महामन्त्री भइसकेका छन् । २०६६ सालमा सुकुम्बासी समस्या समाधान आयोगको सदस्यको जिम्मेवारी पनि उनले पूरा गरे ।

तमलोपा राजपामा परिणत भएपछि स्थानीय निर्वाचनमा पार्टीमा आन्तरिक विवादका कारण पार्टीबाट मिश्र अलग्गिए । केही समय स्वतन्त्र राजनीतिक समूह गठन गरेर समुदायको नेतृत्व गरिरहे ।

नेकपा एमालेसँग सहकार्य गरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्र सू्र्य चुनाव लिएर बाँके क्षेत्र नं २ मा चुनाव लडेका थिए । मिश्रले १६ हजार मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भए । १ मंसिर २०७८ उनी औपचारिकरुपमा एमाले प्रवेश गरेका हुन् । मिश्र हाल नेकपा एमालेका केन्द्रीय सदस्य र बाँकेका सह इन्चार्ज हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मिश्र आफुसँगै उल्लेख्य नेता कार्यकर्ता एमाले भित्र्याएका थिए ।

मिश्र राजनीतिसँगै व्यवसायिक जीवनमा पनि सक्रिय छन् ।  कणर्ाली  डेभलप्मेन्ट बैंकको संस्थापक सञ्चालक एवं अध्यक्ष समेत रहेका उनी नेपालगञ्जमा सञ्चालित रेडियो बागेश्वरी एफएमको संस्थापक सञ्चालक हुन् । उनी उक्त रेडियो अहिलेसम्म क्रियाशील छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका मिश्रको ओम प्लाइ एन्ड फर्निचर प्लाइवुड फैक्ट्री पनि सञ्चालनमा छ । उनी त्यसको महाप्रबन्धक हुन् । बाँकेको सबैभन्दा ठूलो फनपार्क मेरो प्लानेटको संरक्षक समेत रहेका मिश्रले विगतमा नेपालगञ्ज विश्वविद्यालय संघर्ष समितिको सह-संयोजक र संयोजकको भूमिका पनि निर्वाह गरेका थिए ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]