प्रशान्त विष्ट

पुरुष, ४२ बर्ष
२३,४६० मत विजयी
उम्मेदवारी : मेयर
नेपालगंज उपमहानगरपालिका, लुम्बिनी प्रदेश
प्रशान्त बिष्ट, नेपाली कांग्रेस
 
प्रशान्त विष्ट विद्यार्थी आन्दोलनबाट राजनीतिबाट स्थापित भएको नाम हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट राजनीति गरेका विष्टले नेपाल विद्यार्थी संघको विद्यालय इकाई कमिटिबाट राजनीति सुरु गरेका हुन् । कांग्रेस नेपालगञ्ज नगर सभापतिमा तेस्रो कार्यकालका लागि निर्वाचित हुँदा उनले पार्टीभित्र लोकप्रिय मत पाए । यसपटक उनलाई नेपालगञ्जको मेयर पदका लागि नेपाली कांग्रेसले अघि सारेको हो ।
 
२०३५ सालमा नेपालगञ्जमै जन्मिएका प्रशान्तको विद्यालय शिक्षा जय बागेशवरी बोर्डिगं स्कुलबाट शुरु भएको थियो । महेन्द्र माबिबाट २०५१ सालमा प्रवेशिका उत्तीणर् हुनुअघि उनी ०५० सालमा सोही विद्यालयको नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए ।
 
२०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्टले २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीणर् गरे । २०५५ सालमा व्यवस्थापन संकायमै स्नातक तह अध्ययन शुरु गरेका थिए । विष्टले २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिवको जिम्मेवारी सम्हाले ।   
 
२०५६ सालमै नेविसंघ नेपालगञ्ज अध्यक्ष बनेका विष्टले २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापति चयन भए ।  २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति समेत रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापति निर्वाचति भए ।
 
२०६१ सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापति दोहोर्याएका विष्ट ०६२-६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डरको भूमिका निर्वाह गरेका थिए ।
 
२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्षको जिम्मेवारी पूरा गरेपछि उनी २०६८ मा नेपाली कांग्रेस नगर कमिटीको सभापतिमा निर्वाचित भए ।  २०७३ मा नेपालगञ्ज उपमहानगरपालिका बन्यो । उनी कांग्रेसका उपमहानगर सभापति चयन भए । पछिल्लोपटक २०७८ मा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट नेपालगञ्ज नगर सभापतिमा तेस्रो कार्यकालका लागि निर्वाचित भए ।
 
स्थानीय तहको निर्वाचन २०७९ मा कांग्रेसबाट सिफारिस भएका १४ जनामध्येबाट विष्ट नेपालञ्ज मेयरको टिकट हात पार्न सफल भए ।
द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]