विष्णुबहादुर योगी

पुरुष, ५८ बर्ष
९,३२३ मत विजयी
उम्मेदवारी : मेयर
प्यूठान नगरपालिका, लुम्बिनी प्रदेश

विष्णुबहादुर योगी सक्रिय राजनीति भन्दा बढी शिक्षा क्षेत्रमा क्रियाशिलता रहे । करिब २७ वर्ष सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गराएका योगीले पब्लिक बोर्डिङ स्कुल दाखाक्वाडीमा १६ वर्षसम्म प्रिन्सिपलको रूपमा काम गरे ।

अध्यापनसँगै सहकारीको क्षेत्रमा समेत जोडिन पुगेका उनी सहकारी क्षेत्रमै काम गरेको २० वर्ष पुगिसक्न थालेको छ । नव सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाखाक्वाडीका अध्यक्षसमेत रहेका योगी जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष पनि हुन् ।

उनी सक्रिय राजनीतिमा २०७५ बाट मात्रै प्रवेश गरेका हुन् । योगी २०३९ सालमा अनेरास्ववियु दशौं केन्द्रिय समितिमा महेन्द्र क्याम्पस कमिटीको अध्यक्ष बने भने २०३९ देखि २०४१ सम्म प्यूठान बाँके सम्पर्क कमिटीको अध्यक्ष भएर काम गरे ।

उनी २०५९ सालमा नेकपा एकता केन्द्र मसालको विभिन्न राजनैतिक मोर्चामा सक्रिय रहे । २०६४ मा माओवादी केन्द्रको विशेष जिल्ला संगठन कमिटीको सदस्य हुँदै २०७५ मा तत्कालीन नेकपा प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी सचिव थिए उनी ।  

एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि माओवादी केन्द्रबाट प्यूठान नगरपालिका नगर कमिटीको रूपमा योगी सक्रिय छन् ।

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]