विजय विराज विष्‍ट

पुरुष, ४२ बर्ष
७,८१६ मत
उम्मेदवारी : मेयर
प्यूठान नगरपालिका, लुम्बिनी प्रदेश

अनेरास्वविु प्यूठानको २०५६ देखि २०६२ सम्म जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी बहन गरेका विजय विराज विष्ट २०६२ देखि २०६४ सम्म केन्द्रिय सदस्य रहँदै राप्ती इन्चार्ज रहेका थिए ।

२०६४ देखि २०६६ सम्म अनेरास्वविुको केन्द्रिय सचिवालय सदस्य रहेका विष्ट अनेरास्ववियु उपत्यका समन्वय कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटी सचिवको रूपमा समेत सक्रिय भूमिका खेलेका थिए ।

२०६९ देखि २०७५ सम्म नेकपा एमाले प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै निर्वाचन क्षेत्र नं. १ को इञ्चार्जको भूमिका निभाउँदै अघि बढेका विष्ट २०७८ बाट एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]