भुपाल पोखरेल

पुरुष, ३८ बर्ष
६,०८९ मत विजयी
उम्मेदवारी : मेयर
धुर्कोट गाउँपालिका, लुम्बिनी प्रदेश

धुर्कोट गाउँपालिकाको अध्यक्ष समेत बनिसकेका अध्यक्ष पदका उम्मेदवार भुपाल पोखरेलका चुनावी एजेन्डाहरू लिएर मतदाताकहाँ पुगेका छन् ।

धुर्कोट–४ निवासी भूपाल पोखरेल जनयुद्धकालबाटै माओवादी केन्द्रको राजनीतिमा छन् । पालिका अध्यक्षमा दोहोरिन उनले जनतालाई विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण, विपद् प्रतिकार्य योजना कार्यान्वयन, सबै घरघुरीको बीमालगायत प्रतिबद्धता जनाएका छन् ।

विकास पूर्वाधारमा सडक, पुल, सिंचाइका साथै गाउँपालिकाको केन्द्रबाट सबै वडा कार्यालय जोड्ने बाटो ग्राभेलिङ्ग गर्ने उनको चुनावी एजेन्डा छ ।

खुप खोलामा नमूना झोलुङ्गे पुल हाल्ने र सिंचाइका लागि साना, मझौला र ठूला सिंचाइ आयोजना सञ्चालन गर्ने संकल्प उनले गरेका छन् । पाँच वर्षभित्र ‘एक वडा, एक नमूना’ वा एकीकृत बस्तीको योजना कार्यान्वयन गर्ने, आवश्यक स्थानमा पक्की पुल निर्माण गर्ने उनको योजना छ ।

पालिकाको लागि आवश्यक ठानिएका भवनहरू बनाउनेदेखि ग्याँस र दाउरा अभावमा पर्ने समस्या हटाउन प्रत्येक घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गर्नेसम्मका योजना उनले अगाडि सारेका छन् । विद्युत् पुग्न नसकेको स्थानमा सबभन्दा छिटो विकल्पबाट विद्युत् पु¥याउने र महसुलमा अनुदान दिने उनको योजना छ ।

पोखरेलले मिर्गाैला पीडितलाई डायलाइसिसमा सहयोग गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटेका छन् । ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्ने, लिफ्टिङ्ग खानेपानीका लागि विद्युत् महसुलमा सहयोग या अनुदानको व्यवस्था गर्ने उनको चुनावी एजेन्डा छ ।

थप उम्मेदवारहरु

द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]